अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

अध्यक्ष प्रचण्डको प्रस्ताव खारेज नभएसम्म उपस्थित नहुने ओलीको अडान,दुवै प्रस्ताव अध्ययन गर्न एक साताको समय

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ ।आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले पार्टीको अर्को स्थायी कमिटी बैठक मंसिर २८ गतेका लागि तय गरेको छ । त्यस्तै, मंसिर २५ गतेका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको छ ।

छैटौं स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक समस्याबारेको एक मात्र कार्यसूची निर्धारण गरेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मिहरुलाई जानकारी दिनुभयो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा शुरु भएको बैठको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अनुपस्थित हुनुको कारण खुलाएर बैठकलाई पठाउनुभएको पत्र उपप्रधानमन्त्री ईश्वर पोखरेलले वाचन गर्नुभएको थियो ।

पत्रमा ओलीले पार्टीलाई फुटको डिलमा पुर्याएको पत्र आफूले खारेज गरिसकेको उल्लेख गर्नुभएको छ । “आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएकोे त्यस्तो संगीन आरोप पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको बेहोरा कमरेडहरुलाई अनुरोध गर्दछु ” अध्यक्ष ओलीको पत्रमा उल्लेख छ ।

सचिवालय बैठकमा अध्यक्षद्धयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रस्तावबारे अध्ययन गर्न स्थायी कमिटी सदस्यहरुलाई सात दिनको समय दिने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आइतवारको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफूले पेश गरेको राजनीतिक प्रस्तावको औचित्यबारे ब्रिफिङ गर्नुभएको छ । पार्टी मुख्यालय धुम्वाराहीमा बसेको बैठकमा झण्डै एक घण्टा बढी सम्बोधन गर्नुभएका अध्यक्ष दाहालले सचिवालयले निकाश दिन नसकेको विषयमा पनि ब्रिफिङ गर्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । झण्डै ३ महिनापछि नेकपा स्थायी कमिटी बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू