अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

अचम्मै भो डिभी परेपछि

राकेश कार्की २०७७ मंसिर २० गते ११:४६ मा प्रकाशित

गजल

अचम्मै भो डिभी परेपछि
पुर्पुरोमा भाग्य सरेपछि

पारिबाट हल्लायो दुबै हात
सुनकोशी नदी तरेपछि ।

ठूलो राम्रो अम्रिकन अफिसमा
कागजपत्र सबै भरेपछि ।

लाग्ने डलर तुरून्तै सारिए
रिन सापट जोहो गरेपछि

बा आमाले आँसु छोप्नुभयो
चेकइन गर्न काउन्टर झरेपछि