अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

गजल

दिग्गज धौराली २०७७ मंसिर २० गते ११:४० मा प्रकाशित

बस्नुहोस भन्न सम्म पनि पुग्दैन तयारी मेरो
कोही चिहाइरहन्छ दिलको ढोका उघारी मेरो

पारी पुग्नकै लागि बडो मुस्किलले नदी तरियो
फेरि वारि आइपुगेछु उतै छुटेछ पारी मेरो

चढ्नेहरुले उकालो भने झर्नेहरुले ओरालो भने
एउटै भएर पनि फरक परिरह्यो चिनारी मेरो

सम्बन्धको गाडी होस प्रेमको चिल्लो सडक होस
तिम्रो दिलमै लगेर रोक्न मन छ सवारी मेरो

प्रतिक्रिया