अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

मन्जिला “अनिल” को उपन्यास ” गोधूलि संसार” को लोकार्पण

बिआरटीनेपाल २०७७ मंसिर २० गते ११:०९ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले साहित्यकार मन्जिला “अनिल”को दोस्रो कृति उपन्यास “गोधूलि संसार”को आज २०७७ मङ्सिर २० गते तपस होटेल, काठमाडौँमा लोकार्पण गर्‍यो ।

सो लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सापसका अध्यक्ष राधेश्याम लेकाली, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अनेसासका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, साहित्यकारहरू ज्ञानु पाण्डे, रमेश शुभेच्छुक र कृतिकारले संयुक्त रूपमा विमोचन गरेका थिए ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि कुलपति उप्रेतीले “नारी स्रष्टाहरूको अभाव खट्किन नदिन मन्जिलाको लेखनले आउँदो दिनमा विशेष भूमिका खेल्ने छ” भन्नु भयो ।

यसै गरी कार्यक्रममा विमोचित कृतिबारे साहित्यकारहरू डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुकले समीक्षात्मक टिप्पणी गरेका थिए ।

यसै गरी साहित्यिक पत्रकार सङ्घका अध्यक्ष कार्यक्रमका सभापति लेकालीले ऐतिहासिक महत्वरहेको संस्था सापसले आउँदा दिनमा नयाँ ढङ्गले काम गर्ने धारणा राखेका थिए । लेकालीले भने – वि. सं. २०२९ सालमा स्थापित यो संस्थाले आगामी दिनमा नयाँ नयाँ कार्यक्रमहरूको आयोजना गरी साहित्यिक सक्रियता दिनेछ ।

कार्यक्रममा विमोचित कृतिका लेखक मन्जिला “अनिल” ले आफ्नो लेखन यात्रा र कृत्तिकाबारे मन्तव्य राखिन ।

समारोहमा गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, नियात्राकार युवराज नयाँघरे, सङ्घका महासचिव पुष्पा खनाल, साहित्यकार द्वारिका कुइकेलले आआफ्ना मन्तव्य राखेका थिए ।

वरिष्ठ सस्कृतिविद देवडा गायक यज्ञराज उपाध्याय, शङ्कर लामिछाने प्रतिष्ठानका महासचिव कमला रिसाल, अनिलनाथ उप्रेतीले गीतहरू गाउनु भएको थियो ।

कार्यक्रममा साहित्यकार मन्जिलालाई सम्मान गर्दै मायाको चिनो प्रदान गरिएको थियो । यसै गरी प्रमुख अतिथि कुलपति उप्रेती, डा. ज्ञानु पाण्डे र रमेश शुभेच्छुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा अनेसासको केन्द्रीय उपाध्यक्षमा निर्वाचित साहित्यकार बाबा बस्नेतलाई दोसल्ला ओढाई बधाई ज्ञापन गरिएको थियो । भने अमेरिकाबाट नेपाल आउनु भएकी साहित्यकार निता श्रेष्ठलाई स्वागत सम्मान गरिएको थियो ।

सामाजिक दुरी कायम गरी आयोजना गरिएको यो कार्यक्रममा सहभागी सबैले नेपाली आख्यानमा आएको परिवर्तन र पाठकीय भूमिकाकोबारे चर्चा गरिएको थियो । सर्जक मन्जिलाको पहिलो कविता कृतिपछि आएको यो उपन्यासले “चम्पु स्वाद” को रूपमा रहेको पाठकीय धारणासमेत थियो ।

साहित्यिक पत्रकार सङ्घ नेपाली साहित्यिक समाजमा एउटा विशिष्ट संस्था हो । यसले बर्सेनि कविता यात्रा, कथा दिवस, आत्म वाचन कार्यक्रम, साहित्यिक वनभोज कार्यक्रम गर्दै मैनाली कथा पुरस्कार, व्यतीत काव्य पुरस्कारलगायत स्रष्टाहरूको अभिनन्दन र सम्मान पनि गर्दै आएको छ । यही क्रममा २०३८ सालमा विश्वेश्वरप्रसाद कोइरालाको अभिनन्दन गरेको थियो भने २०४५ पछि २०६४ सालसम्म गाईजात्रे कार्यक्रम पनि आयोजना गरेको थियो । यसरी सङ्घले साहित्यिक सक्रियता निरन्तर रूपमा गर्दै आएको छ ।

कार्यक्रममा वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, नारी साहित्य प्रतिष्ठानका अध्यक्ष गीता कार्की, पहिलो महिला चलचित्र निर्देशक, चलचित्र निर्देशक समाजको निवर्तमान अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी कवि सुचित्रा श्रेष्ठ, वी. एन. प्रकाशनका सूर्य वी. सी., साहित्यकारहरू सुमन वर्षा, सविता श्रेष्ठ बेहोसी, डा. शान्तिमाया गिरी, मधु पाठक, शान्ति रिसाल, रन्जना निरौला, निशा के. सी., अतुल स्मृति गुरुकुलका अध्यक्ष वन्दना गौतम, उप्रेती समाजको अध्यक्ष मोहनकृष्ण उप्रेती र अनिलनाथ उप्रेती आदिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू