अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

टर्कीको सन् २०१६ को असफल सैनिक ‘कू’आबद्ध ७६ जना पक्राउ

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:४४ मा प्रकाशित

टर्कीमा सन् २०१६ प्रयास गरिएको असफल सैनिक कूमा आबद्ध रहेको आशंका कम्तीमा ७६ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले देशभर गरेको सुरक्षा कारबाहीको क्रममा ती व्यक्तिहरू पक्राउ परेका स्थानीय सञ्चार माध्यमले जनाएको हो । टर्कीको पश्चिमी प्रान्तमा इज्मिरका अभियोक्ताको आदेशको आधारमा आतङ्कविरुद्ध र गुप्तचर निकायका अधिकारीहरूको सहयोगमा ६६ जना पक्राउ परेका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम आनाडोलुले जानकारी दिएको छ।

प्रहरीले केही रकम, नक्कली कागजात र डिजिटल सामग्री“ पनि बरामद गरेको आनाडालुले प्रशारण गरेको समाचारमा बताइएको छ । मध्य प्रान्त एस्किसेरमा गरेको छुट्टै अनुसन्धानमा सेनामा घुसपैठ गरेको आरोपमा अन्य १० जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको बताइएको छ । सन् २०१६ को जुलाईमा भएको असफल सैनिक कूको अमेरिकामा शरणमा बस्दै आएका टर्कीज धर्मगुरु फेतेउल्लाह गुलेनलाई टर्की सरकारले दोषारोपाण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू