अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

बेलायत र ईयू वार्ताका लागि सकारात्मक

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३८ मा प्रकाशित

बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार समझौताका लागि अझै वार्ता हुन सकेको छैन ।दुवै पक्षले वार्ताका लािग विभिन्न सर्त अघि सारेकाले वार्ताको वातावरण सहज हुन नसकेको बताएका हुन् ।उनीहरुले वार्ताको वातावरण अझै नबनेकाले थप गृहकार्य बाँकी रहेको स्पष्ट पारेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेन र प्रधानमन्त्री बोरिस जोनसनले वार्ताको वातावरणका लागि पुन छलफल गर्ने बताइएको छ ।युरोपियन युनियनमा आवद्ध राष्ट्रहरुको आर्थिक सहायता र तीन देशका कानुनको पालान लगायतका विषयमा थप छलफल गर्नुपर्ने वार्ता टोलीका सदस्यहरुले जनाएका छन् ।

दुवै पक्षबीच डिसेम्बरको अन्त्यसम्ममा सम्झौता नभए विश्व व्यापार संगठनको सदस्य बन्न नपाउने भएका छन् । बेलायतले गत जनवरीदेखि ब्रेक्जिटबाट बाहिरिएको घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू