अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५५ | Colorodo: 06:10

नेकपाका दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । दुबै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा पेश गरिने निर्णय गरेर सचिवालय बैठक सकिएको हो । बैठकले पूर्व निर्धारित समयअनुसार भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

‘पार्टीको संकट निवारणबारे स्थायी कमिटीमा नै छलफल गर्छौं’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘दुवै अध्यक्षको प्रतिवेदन पनि स्थायी कमिटीमा प्रस्तुत हुन्छ ।’सचिवालयको निर्णयअनुसार आइतबारको स्थायी समिति बैठकमा दुबै प्रस्ताव पेश हुनेछ । प्रवक्ता श्रेष्ठका अनुसार पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक बस्नुभन्दा अगाडि अध्यक्षद्धय बीच भएको भेटवार्तामा पनि कुनै समझदारी नभएको बताउनुभयो । सचिवालय बैठकमा पार्टीको संकट निवारणका लागि छलफल भएपनि आजै निष्कर्षमा पुग्ने सम्भावना नभएकोले स्थायी कमिटीमा पेस गर्ने निर्णय भएको बताउनुभयो । स्थायी कमिटीको बैठक चलिरहदा आवस्यक परेमा अध्यक्षद्धय बीच र सचिवायलको औपचारिक तथा अनौपचारिक बैठक समेत बसेर छलफललाई अगाडि बढाउन सकिने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू