अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

चीनमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३५ मा प्रकाशित

चीनको दक्षिण पश्चिम चुङ्चिङस्थित एउटा कोइलाखानीमा विषालु ग्याँस चुहिँदा १८ जनाको मृत्यु भएको छ ।पाँच जना मजदुर हराइरहेका छन् भने एक जनालाई जिवितै उद्धार गरिएको छ ।दुई महिनादेखि बन्द उक्त खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा कार्बनमोनोक्साइड ग्यास चुहिएको थियो ।

दुर्घटनाबारे छानबिन सुरु गरिसकेको अधिकारीहरुले जनाएका छन् । विश्वमा सबैभन्दा धेरै कोइला उत्पादन तथा खपत हुने चीनमा सुरक्षासम्बन्धी नियम पालनामा लापरवाही हुंदा खानीमा दुर्घटनाहरू भइरहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू