अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

चार महिनामा ४६ हजार २ सय ७० निजी आवास पुनर्निर्माण

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:३३ मा प्रकाशित

चालू आर्थिक वर्ष ०७७/ ०७८ को चार महिनामा ४६ हजार २ सय ७० निजी घरहरू पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ  । चालू आर्थिक वर्षको पहिलो चौमासिकको समीक्षा गर्दै प्राधिकरणले लक्ष्यमा राखिएका बाँकी कामहरूलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

चार महिनामा ६ हजार ६ सय पुनर्निर्माण लाभग्राहीले दोस्रो किस्ता लिएका छन् भने ५ हजार १ सय १४ ले तेस्रो किस्ता लिएका छन् ।यसै अवधिमा थप ६ सय ८५ प्रबलीकरण लाभग्राहीले सम्झौता गरेका छन् । जसमध्ये ४ सय ५० ले पहिलो किस्ताबराबर ५० हजार रुपैयाँ बुझेका छन्  ।

यो अवधिमा १ सय १० जना लाभग्राही थपिएको र १ हजार ३ सय ५० ले अनुदानका लागि सम्झौता गरेका छन् । यसै अवधिमा पुनर्निर्माण सम्पन्न भई रानीपोखरीको उद्घाटन भएको तथा धरहराको १९ तलासम्मको ढलान कार्य सम्पन्न भएको छ  । समग्र पुनर्निर्माणमा ७ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू