अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

राजसंस्था पुनःस्थापनाको मागसहित काठमाण्डौंमा बृहत प्रदर्शन मागसहित काठमाण्डौंमा बृहत प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२७ मा प्रकाशित

मुलुकको संघीय राजधानी काठमाडौंमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएको छ । शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’ को आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले राजतन्त्र पुनःस्थापना, धर्मसापेक्षता र संघीयताको खारेजीको माग गरेका छन् । ठूलो संख्या रहेका सहभागीहरुले राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहको तस्वीरसहितको प्लेकार्ड बोकेका थिए ।

माइतीघर मन्डलाबाट नयाँबानेश्वरसम्म पुगेको र्यालीमा सहभागीहरुले ‘धर्म बेच्न पाइँदैन, गणतन्त्र चाहिँदैन’लगायतको नारा लगाएका थिए । बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले व्यवस्था परिवर्तन भएर नागरिक आयोगसहितको नागरिक सरकार नबनेसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

पछिल्ला केही दिनयता देशका विभिन्न भागमा राज्यसंस्थाको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । केही दिनअघिमात्र राजावादीहरुको आजको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण फैलिनसक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनजस्ता गतिविधि नगर्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू