अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

हुम्लामा जिप दुर्घटना – ४ जनाको मृत्यु, ७ घाईते

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२६ मा प्रकाशित

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुमा भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा परी एक वर्षको बच्चासहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र बच्चासहित पाँचको अवस्था सामान्य भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू