अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२८ | Colorodo: 21:43

नेकपा सचिवालय बैठक भोलि एक बजे बस्ने गरि स्थगित

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२५ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक भोलि दिउँसो एक बजे फेरि बस्ने गरी सकिएको हो । बैठकले हालसम्म पार्टीमा प्रस्तुत भएका एजेन्डा स्थायी कमिटीमा पेश गरेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले पार्टीको समस्याका विषयमा आज छलफल भएपनि निष्कर्स निस्किन सम्भव नभएको भन्दै दुई अध्यक्षबीचको छलफल जारी रहने पनि उल्लेख गर्नुभयो । सचिवालय बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफल गर्नुभएको थियो । दुई अध्यक्षबीचको छलफलपछि सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू