अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५१ | Colorodo: 04:06

नेपालमा १ हजार २४ नयाँ कोरोना सङ्क्रमित थपिए , २ हजार ६ जना उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२३ मा प्रकाशित

नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ७४ पिसिआर परीक्षण गर्दा थप १ हजार २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ३९ हजार ८ सय ८५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थप २ हजार ६ जना सङ्क्रमण पश्चात स्वस्थ्य भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या २ लाख २४ हजार ५३ पुगेको छ । गत २४ घन्टामा थप १० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ५ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू