अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

आफ्नो तर्फबाट त्यागको कल्पना नगर्न ओलीको बिरोधी समूहलाई चेतावनी

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२२ मा प्रकाशित

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तर्फबाट कुनैपनि त्याग नुहने भन्दै त्यस्तो कल्पना नगर्न र त्यसका लागि कुनै पनि कसरत नगर्न विरोधी समूहलाई चेतावनी दिनुभएको छ । शनिबारको सचिवालय बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रस्तावित बैठक बसाल्ने र स्थायी कमिटी सदस्यहरुलाई आफूहरु दुबैको प्रस्तावमाथि अध्ययनका लागि समय दिएर आफूहरु पनि गृहकार्यमा जुट्नुपर्ने भन्ने प्रस्तावको प्रतिक्रियामा प्रधानमन्त्री ओलीले त्यस्तो चेतावनी दिनुभएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकबाट आफूलाई त्याग गर्न आग्रह गरिने तर आफूले यो महाधिवेशनसम्म पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट कुनै पनि हालतमा राजीनामा नदिने अडान लिएका सचिवालयका एक सदस्यले बताएका छन् । प्रधानमन्त्री ओलीको आजको प्रस्तुति हेर्दा उहाँ भोली प्रस्तावित स्थायी कमिटी बैठकमा सहभागी नहुने दखिएको तर आफ्नो धारणा र बचाउका लागि पनि बैठकमा सहभागी हुने विश्लेषण गरिएको छ ।

शनिबारको सचिवालय बैठकको महत्वपूर्ण करिब साढे चार घण्टा भोलि निर्धारित स्थायी कमिटी बैठक बस्ने कि नबस्ने भन्नेमा ओली र उहाँको विरोधी समूहका सदस्यबीच विवाद भएको थियो। भोलिको बैठकमा सामेल नहुने ओलीले अडान लिइरहेका बेला प्रचण्डले भोलि एक बजे धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने घोषणा गर्नुभएको थियो र त्यसलाई प्रचण्डसमर्थक सदस्यहरुमात्रै नभई ओली निकट मानिएका सचिवालय सदस्य रामबहादुर थापा बादल, ईश्वर पोखरेलले समेत समर्थन जनाउनुभएको छ । थापाले समस्या समाधानका लागि तीन कार्यदल गठन गरौँ भन्दै गरेको प्रस्ताव प्रचण्ड पक्षले अस्वीकार गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू