अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

भारतीय कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:४१ मा प्रकाशित

भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनुभएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहीबार जानकारी दिनुभएको हो । उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनुभएको छ ।

तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताउनुभएको हो । ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्नेछ । त्यसमार्फत् हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं’–उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नुअगाडि उहाँले धेरैसँग परामर्श गर्नुभएको थियो ।‘मैले पटक–पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरें, उहाँहरुको सल्लाह–सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ’–उहाँले भन्नुभएको छ ।

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गर्नुभयो । तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुने तय भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू