अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२८ | Colorodo: 15:43

राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै हेटौंडामा पनि प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:४० मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शुक्रबार हेटौंडामा मोटरसाइकल ¥याली गरेको छ ।पार्टी कार्यालय सानोपोखराबाट निस्किएको ¥यालीले नगरको परिक्रमा गरेको हो ।

प्रदर्शनकारीहरुले राजतन्त्र र हिन्दुत्वको माग गर्दै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारीलगायतका विषयमा चर्को नाराबाजी गरेका थिए । सहर परिक्रमापछि सिमाचोकमा आयोजित सभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए । उनीहरुले राष्ट्रवाद र स्वाभिमानको दियो राप्रपाले बालिरहेको भन्दै यो निभ्न नदिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू