अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

डा. फाउचीलाई आफ्नो प्रमुख स्वास्थ्य सल्लाहकार बन्न बाइडेनको प्रस्ताव

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:३८ मा प्रकाशित

अमेरिकाको नयाँ राष्ट्रपति पदमा निर्वाचित भएका जो बाइडनले शीर्ष अमेरिकी संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीलाई आफ्नो प्रमुख स्वास्थ्य सल्लाहकार बनेर कोरोनाविरूद्धको अमेरिकी लडाईंमा निरन्तरता दिन आग्रह गर्नुभएको छ । डा. फाउची वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरूद्ध बनाएको टास्क फोर्सका प्रमुख हुनुहुन्छ ।

बाइडनले जनवरी २० नयाँ अमेरिकी राष्ट्रपतिको रूपमा कार्यभार सम्हाल्दै हुनुहुन्छ । अमेरिकी समाचार च्यानल सिएनएनलाई दिएको अन्तरवार्तामा बाइडनले आफू र आफ्नो टोलीले बिहीबार फाउचसँग कोरोना विरूद्धको आगामी रणनीतिका बारेमा कुरा गर्दै सो प्रस्ताव गरेको बताउनुभएको हो ।

कोरोना महामारी सुरू भएपछि फाउचीका सल्लाहहरूलाई ट्रम्पले नजरअन्दाज गर्दै जिम्मेवारीबाट हटाउनेसम्मको धम्की दिनुभएको थियो । कोरोनाविरूद्धको लडाईंमा ट्रम्पको भूमिका आलोचित भएको थियो। निर्वाचनमा उहाँको पराजयका लागि यसलाई पनि प्रमुख कारण मानिएको छ।

त्यसैगरी अन्तरवार्तामा बाइडनले फाउचीले सुरक्षित हुने बताएपछि सार्वजनिकरूपमै कोरोनाविरूद्धको खोप लिने स्पष्ट पार्नुभयो । आगामी साताहरूबाट कोरोनाविरूद्धको खोप प्रयोगमा ल्याइने समाचारहरूकाबीच अमेरिकामा संक्रमितहरूको संख्यामा भने पछिल्लो समय धेरै वृद्धि देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू