अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

विश्वभर ४ करोड ५५ लाख ३० हजार ३ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:३३ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ५५ लाख ३० हजार ३ सय १४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ६५ लाख ७१ हजार ४ सय ४७ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १५ लाख १४ हजार ७ सय ४ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ८६ लाख २६ हजार ४ सय २९ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ६ हजार ३ सय ८६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ८५ लाख २० हजार ४३ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ४५ लाख ३५ हजार १ सय ९६ जना संक्रमित भएका छन् भने २ लाख ८२ हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९५ लाख ७१ हजार ७ सय ८० जना संक्रमित हुँदा १ लाख ३९ हजार २ सय २७ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६४ लाख ८७ हजार ५ सय १६ जना संक्रमित भएका छन् भने १ लाख ७५ हजार ३ सय ७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू