अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२६ | Colorodo: 09:41

स्वरसम्राट नारायणगोपालको ३० औँ स्मृति दिवस मनाइयो

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:२७ मा प्रकाशित

स्वरसम्राट नारायणगोपाल गुर्वाचार्यको ३० औँ स्मृति दिवस आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । नेपाली सुगम संगीतका अजम्बरी गायक नारायणगोपालको सम्झनामा यो वर्ष कोरोना भाइरसको महामारीका कारण भिडभाडयुक्त कार्यक्रम नगरिएपनि सीमित ब्यक्तिहरुको सहभागितामा कार्यक्रम को आयोजना गरियो ।

वि सं १९९६ सालमा काठमाडौँको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । विक्रम सम्वत २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायण गोपालले एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको छ ।

स्वं नारायणगोपालले आधुनिकसँगै डेढ दर्जन जति नेपाली चलचित्रका लागि पनि गीत गाउनुभएको छ । उहाँले गाउनुभएको ‘म त लाली गुराँस भएछु’, ‘एउटा मान्छेको मायाले कति’, ‘लौ सुन म भन्छु मेरो राम कहानी’ लगायतका गीत सदाबहार छन् ।

प्रतिक्रिया