अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

नेपालमा हालसम्म २ लाख ३८ हजार ८ सय ६१ जनामा कोरोना संक्रमण, १ हजार ५ सय ६७ जनाको मृत्यु, २ लाख २१ हजार ८ सय ४७ उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १९ गते ७:२४ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, धनुषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४, सिरहामा ९, काठमाडौँमा ४ सय ४०, काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २ र ललितपुरमा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सिन्धुपाल्चोकमा ७, सिन्धुलीमा १, कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासीपूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३, स्याङ्जामा ११, अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नवलपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ३६, रोल्पामा १, दैलेखमा २, अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जना कोरोना संक्रमित थपिएका छन्।

यसैबीच, पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार शुक्रबार १ हजार ५ सय ७५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ।

गत चौबीस घन्टामा ८ हजार ३१ पीसीआर परीक्षण गरिएको छ। मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रमित संक्रमित छन् भने ५ सय ३७ जना क्वारेन्टिनमा छन् । हाल देशभर ३२८ जना संक्रमितको आईसीयु र ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार भरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू