अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

नेपाली जनसम्पर्क समिति अमेरिका प्रेस-विज्ञप्ति

बिआरटीनेपाल २०७७ मंसिर १८ गते १०:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो गृह जिल्ला तनहुमा स्थानीय जनताको माग र उपभोक्ता समितिको निमन्त्रणामा आज व्यास नगरपालिका वडा नं १० बुल्दी खोलाको मोटरवल पुल उद्घाटनको क्रममा सरकारले गरेको अवरोध, धरपकड र गिरफ्तारी प्रति नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।

नेकपा सरकारले राज्य सत्ताको चरम दुरुपयोग गर्दै, नेपाली जनता माथि लाठी चार्ज गर्ने बल प्रयोग गरी कार्यक्रमलाई बिथोल्ने र फरक बिचार बोकेका नेता, कार्यकर्तामाथि निर्मम दमन र दुर्व्यवहार गर्ने सरकारको यस्ता सर्वसत्तावादी चिन्तन र व्यवहार घोर निन्दनीय असैय भएको ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका यस घटना प्रति गम्भीर खेद प्रकट गर्दछ । त्यसैले तत्काल सरकारले गरेका यस्ता कुकृत्य प्रति माफी माग्दै, नेकाका वरिष्ठ नेता लगायत हिरासतमा भएका सबै नेताहरूलाई ससम्मान रिहाइ गर्न समिति सरकार समक्ष जोडदार माग गर्दछ ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, लोकतन्त्र र कानुनी राज्यको धज्जी उडाउने नेकपा सरकारको यस्ता रवैया, अधिनायकवादी सोच र घटनाको विरुद्धमा सम्पूर्ण देश विदेशमा छरिएर रहेका लोकतन्त्रवादी नेपाली जनताहरू आन्दोलित हुन र लोकतन्त्र र कानुनी राज्यको रक्षार्थ एकजुट हुन नेपाली जनसम्पर्क समिति अमेरिका सबैमा विनम्र आग्रह गर्दछ।

धन्यवाद, जय नेपाल ।
मुनीन्द्र नेम्बाङ
महासचिव
नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया