अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 03:57

पौडेल पक्राउको विरोधमा आज पनि माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२८ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार पक्राउ गरेको विरोधमा तरुण दलले विरोधसभा गरेको छ। बिहीबार माइतिघर मण्डालामा उपस्थित भएर तरुण दलका कार्यकार्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्। अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको विरोधसभा विपक्षी दलका नेतालाई सम्मान गर्न गरिएको थियो।

प्रर्दशनकारीहरुले ‘भ्रष्टाचारी सरकार, मुर्दावाद’, ‘संवैधानिक दायित्व पूरा गर’ ‘शान्ति सुरक्षा कायम गर’लगायतका नारा लगाएका थिए। बुधबार तनहुँको ब्यास नगरपालिकाको पुलको उद्घाटन गर्न पुगेका पौडेललाई सत्तारुढ नेकपाको दबाबमा प्रशासनले तीन घण्टा नियन्त्रणमा लिएको थियो।

बुधबार उद्घाटन गर्न नपाए पनि पौडेलले बिहीबार दिउँसो उक्त पुलको उद्घाटन गरेका छन्। पक्राउको विरोधमा कांग्रेस भातृ संगठनहरुले बुधबारदेखि नै देशव्यापी आन्दोलन चर्काएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू