अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 04:01

साझासँग एकता नगर्ने भन्दै उपाध्यक्षसहित अलग्गिए विवेकशीलका १३ संघीय सदस्य

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२६ मा प्रकाशित

विवेकशील नेपाली दलका उपाध्यक्ष अजिता राईसहित १३ जना संघीय समिति सदस्य साझा पार्टीसँग एकतामा सहभागी नहुने भएका छन्। साझासँग एकता गर्ने सहमति भएपछि उपाध्यक्ष राई र कार्यालय व्यवस्थापन सचिव संगीता बटाजुसहितको एक समूह विवेकशीलबाट अलग्गिएको हो।

संघीय समिति सदस्यमा कर्मा लामा तामाङ, छिरिंग तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशीष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन्।

दुई दलबीचको मतभिन्नता नटुङ्ग्याई एकता पार्टी गर्न लागिएको भन्दै बिहीबार १३ जनाले संयुक्त विज्ञप्तिमार्फत आफूहरू सहभागी नहुने जानकारी दिएका हुन्। विज्ञप्तिमा अब पुनः पार्टी दर्ताका लागि विचार मिल्नेबीच छलफल गरी छिट्टै अगाडि बढ्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू