अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 17:38

“ती भुक्ने कुकुरहरूको भलो होस्” !–डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२५ मा प्रकाशित

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नाविरुद्ध ‘अनर्गल दुष्प्रचार’ भइरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । आफ्नाविरुद्ध गलत हल्ला फैलाउनेलाई उहाँले विन्सटन चर्चिलको शब्दमा जवाफ दिनुभएको हो ।

‘जानेर वा नजानेर या उक्साहटमा मेराविरूद्ध अनर्गल दुष्प्रचार गर्नेहरूलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु – मानव जातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिँडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थालें भने आफ्नो लक्ष्यमा पुग्न सक्दिनँ,’ सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्, ‘ती भुक्ने कुकुरहरूको भलो होस् !’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू