अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०२ | Colorodo: 05:17

ओलीले एक पद छोड्नुपर्छ- नेकपा नेता पौडेल

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२५ मा प्रकाशित

सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताउनुभएको छ ।पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्नेमा उहाँले जोड दिनुभयो ।बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेकपा स्थायी कमिटी सदस्य पौडेलले एक पद छाड्नेबाहेकमा कुनै सम्झौता नहुने बताउनुभयो ।

‘ओली प्रधानमन्त्री रहने भए अध्यक्ष छोड्नुपर्छ । एक पदमात्रै लिनुपर्छ । अब ओलीसँग सम्झौता हुँदैन’–उहाँले भन्नुभयो ।पार्टीलाई फुटको दिशातर्फ लैजाने काम कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो ।पार्टीको विधान र पद्धतिअनुसार ओली अघि बढेको खन्डमा विवाद समाधान हुने उहाँको भनाइ छ ।

नेकपा विवादले संकटपूर्ण अवस्था सिर्जना गरेको भन्दै उहाँले अब समस्या समाधान गर्ने जिम्मा अध्यक्ष ओलीले लिनुपर्ने बताउनुभयो ।सचिवालय बैठकमा पेस भएको दुवै अध्यक्षको प्रतिवेदनमाथि गहन छलफल गरेरमात्रै निकास निस्कने उहाँले उल्लेख गनुभयो ।

दुवै अध्यक्षको प्रतिवेदनलाई छलफलको विषय बनाउँदा नै विवाद समाधानको उपाय भेटिने उहाँको भनाइ छ । प्रतिवेदन खारेज वा फिर्ताको माग उचित नभएको उहाँले बताउनुभयो । छलफलपछि बरु संयुक्त प्रतिवेदन बनाउन सकिने उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू