अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०२ | Colorodo: 14:17

अमेरिकी राष्ट्रपतिमा पराजित ट्रम्प चार वर्षपछि फेरि मैदानमा आउने

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:२० मा प्रकाशित

अमेरिकी राष्ट्रपति पदमा पराजित रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनावी मैदानमा आउने हुनुभएको छ । ह्वाइट हाउसमा फर्कनका लागि सन् २०२४ को पार्टीभित्रको प्रारम्भिक चुनावी अभियान शुरु गर्न सक्ने संकेत ट्रम्पले गर्नुभएको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।

हालको राष्ट्रपति निर्वाचन डेमोक्रेट उम्मेदवार जो बाइडनले जितेको तथ्यलाई नस्वीकार्ने भन्दै उहाँले सन् २०२० को निर्वाचन परिणामका विरुद्धमा अभियान जारी नै राख्ने पनि उहाँले बताउनुभयो ।ह्वाइट हाउसमा रिपब्लिकन नेशनल कमिटीका सदस्यका लागि आयोजना गरिएको एक पार्टीमा ट्रम्पले आफ्नो चार वर्ष गज्जवको रहेको र अर्को चार वर्ष पनि त्यस्तै बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै त्यसो हुन नसके अर्को चार वर्षमा भए पनि गर्ने बताउनुभयो ।

यद्यपि, थ्याङ्सगिभिङ पर्वका दिन पत्रकारहरुसँग उहाँले सन् २०२४ का बारेमा अहिले केही नबताउने भन्नुभएको थियो । तर बन्द कोठाभित्र आफ्ना सल्लाहकारहरुसँग भने अर्को चार वर्षका लागि पनि प्रयास गर्ने उहाँले बताउने गर्नुभएको छ । सम्भवतः उहाँले आफ्नो घोषणा बाइडनलाई ह्वाइट हाउसको नेतृत्व सुम्पने दिन जनवरी २० मा गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू