अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४८ | Colorodo: 09:03

ह्वात्तै बढ्यो सुनको भाउ

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:११ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुनको मूल्य एक हजार ६ सय रुपैयाँले बढेको छ । बुधबार ९१ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार १ हजार ६ सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला ९२ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय पाँच रुपैयाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया