अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०९ | Colorodo: 05:24

थामियो नेप्से, ८ अर्बको कारोवार

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:०९ मा प्रकाशित

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ ।नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु. आठ अर्बमाथि रहेको छ ।कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु. आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भएका छन् ।

लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा बिहीबार गिरावट आएको अनुमान गरिएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका छन् । जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ ।

स्टकका अनुसार कारोवारका आधारमा बिहीबार नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु. एक अर्ब ११ करोड ४० लाख ८ हजार ५७७ बराबरको कारोवार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू