अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

नेपालमा थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण , १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:०३ मा प्रकाशित

नेपालमा आज थप १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार २ सय ८९ पीसीआर परीक्षण् भएका छन् । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

यसैगरी आज कोरोनामुक्त भएर २ हजार १ सय ११ जना डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ ।

त्यस्तै आज मुलुकमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू