अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२८ | Colorodo: 05:43

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, पार्टीभित्रको संकटबारे छलफल

बिआरटीनेपाल २०७७ मंसिर १८ गते ७:०३ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँगे भेटघाट गर्नुभएको छ । बालुवाटार स्रोतले भेट नियमित भएको जनाएको छ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेताहरुबीच किचलो चुलिएका बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय, शितलनिवास पुग्नुभएको हो ।

पार्टीभित्र जब जब संकट गहिरिन्छ तब तब प्रधानमन्त्री ओली परामर्शका लागि राष्ट्रपति कार्यालय प्रवेश गर्ने गर्दे आउनुभएको छ । यस अर्थमा यस पटक पनि कुनै राजनीतिक भलाकुसारीकै लागि उहाँ शितलनिवास जानुभएको हुनसक्ने बताईएको छ ।

प्रधानमन्त्री ओली पछिल्ला दिनमा पनिमा पनि राजनीतिक संकटमा हुनुहुन्छ । अर्का अध्यक्ष प्रचण्डले उहाँमाथि गम्भीर आरोप लगाउँदै सचिवालय बैठकमा प्रतिवेदन पेश गरेपछि उहाँमाथि संकट चुलिएको हो । प्रचण्डकोे प्रतिवेदनको जवाफ फर्काउनुभएका ओलीले दुबै प्रतिवेदन पार्टीमा थप छलफल नहोस् भन्ने चाहना राखे पनि अरु नेता विपक्षमा भएकाले त्यो प्रयास विफल भएको छ ।

दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा उहाँ उपस्थित नै हुनुभएन । अर्को बैठक २० गतेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू