अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

गणतन्त्रका साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्र दुर्गन्धितः कांग्रेस नेता गुरुङ

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ७:०७ मा प्रकाशित

नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्रका सत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त नहुँने धारणा व्यक्त गर्नुभएको छ ।बुधबार ट्वीट गर्दै नेता गुरुङले आफुहरुले गणतन्त्र ल्याएको तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोब¥याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेको बताउनुभयो ।

उहाँले लेख्नु भएको छ, ‘हामीले गणतन्त्र ल्यायौं तर गणतन्त्रका मत्ता साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्याएका कारण गणतन्त्रलाई नै दुर्गन्धित बनाइरहेका छन् । गणतन्त्रका मत्ता साँढेहरुलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त हुन सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू