अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४८ | Colorodo: 11:03

अमेरिकी राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको महान्यायाधिवक्ता कार्यालयको स्पष्टीकरण, परिणाम स्वीकार्न सुझाव

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ७:०३ मा प्रकाशित

अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले हालै सम्पन्न राष्ट्रपति निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ । राष्ट्रपति पदमा पराजित डोनाल्ड ट्रम्पले आफ्नो पकड भएका विभिन्न राज्यमा धाँधली गरेर पराजित गरेको भन्दै निर्वाचनको परिणाम स्वीकार नगर्ने बताइरहेका बेला महान्यायाधिवक्ताको कार्यालयको यस्तो भनाइ आएको हो ।

अमेरिकी न्याय विभागका महान्यायाधिवक्ता विलियम वारले आफ्नो विभागले निर्वाचनविरुद्ध ट्रम्पले लगाएको आरोप पुष्टि गर्ने कुनै आधार नभएको स्पष्ट पार्नुभयो ।उहाँले ट्रम्पले आफू अनुकल नतिजा नआएपछि लगाएको आरोपको पुष्टि गर्ने कुनै आधार नभएको दावीसमेत गर्नुभयो ।

आफ्नो पराजय स्वीकार नगर्ने यसअघि नै ट्रम्पले बताएपनि निर्वाचनमा अनियमितता नभएकाले नतिजा स्वीकार्नुको विकल्प नभएको उहाँको भनाइ थियो ।गत महिना मतदानको प्रक्रिया सुरु भएदेखि नै ट्रम्पले अनियमितता भएको भन्दै परिणाम आफ्नो पक्षमा नआए अदालत जाने बताउनुभएको थियो ।तर राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि अदालतले उहाँको अपीलको सुनुवाइ गर्न अस्वीकार गरेको छ ।

ट्रम्पले बाइडेनर्लाइ विजयी गराउन विदेशी चलखेल भएकोसमेत आरोप लगाउँदै आउनुभएको छ । अमेरिकामा निर्वाचनमा विदेशी सहयोग लिनुलाई गैरकाननुनी मानिन्छ ।यसअघि सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पले आफ्नो पक्षमा मत परिणाम ल्याउन रुससँग विभिन्न सहयोग लिएको भन्दै व्यापक आलोचना भएको थियो । त्यस बेला चुनावमा सहयोगका लागि भएका टेलिफोन संवादहरु पनि सार्वजनिक भएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू