अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

सत्ता साझेदार दलकै विरोधका कारण इजरायलमा नेतान्याहू नेतृत्वको सरकार ढल्ने अवस्थामा

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ७:०० मा प्रकाशित

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार पुन ढल्ने सम्भावना बढेको छ । नेतान्याहूको मुख्य सत्ता साझेदार दलले संसद विघटनका पक्षमा मतदान गर्ने बताएसँगै नेतान्याहूको सरकार ढल्ने सम्भावना बढेको हो ।

सत्ता साझेदार दलका नेता बेन्नी गान्तजले संसद विघटनका लागि मतदान गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री नेतान्याहूसँग सरकार सञ्चालनाका विषयमा मतभेद भएपछि संसद भंग भए इजरायलमा दुई वर्षभित्र चौथो पटक मध्यावधी निर्वाचन हुने छ ।

गान्तेजको सेन्ट्रिस्टब्लू र ह्वाइट पार्टी नेतान्याहूको दक्षिणपन्थी लिकुडको नेतृत्वको सरकारको मुख्य सत्ता साझेदार दल हुन् ।नेतान्याहू र गान्ताजबीच पटक पटक भएको सत्ता संघर्षकै कारण विगतका निर्वाचनमा स्पष्ट बहुमत नआएपछि त्रिशंकु सरकार बनेका हो ।

सत्ता साझेदार दलले नै सरकारले ल्याएको बजेटको विरोध गरेपछि नेतान्याहूको सरकार ढल्ने स्पष्ट भएको हो ।रक्षामन्त्रीसमेत रहनुभएका गान्तेजले नै सरकारले ल्याएको बजेटको समर्थन नगरेपछि नेतान्याहूलाई पुन निर्वाचनमा जानुको विकल्प नभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । गत अप्रिलमा नेतान्याहूसँग सत्ता साझेदारीका लागि गान्तेजले समर्थन गरेसँगै इजरायलमा लामो समयदेखिको राजनीतिक अस्थिरतको अन्त्य हुने अपेक्षा गरीएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू