अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१ | Colorodo: 14:16

विश्वभर ४ करोड ४६ लाख ११ हजार ६ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:५० मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ४६ लाख ११ हजार ६ सय ७९ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ४३ लाख २८ हजार २ सय ५९ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ८९ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ८२ लाख २६ हजार ७ सय ६३ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ६ हजार २८ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ८१ लाख २० हजार ७ सय ३५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ४१ लाख ८ हजार ६ सय ६ जना संक्रमित भएका छन् भने २ लाख ७६ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९५ लाख ४ हजार ८ सय ३ जना संक्रमित हुँदा १ लाख ३८ हजार २ सय ५१ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६३ लाख ८८ हजार ५ सय २६ जना संक्रमित भएका छन् भने १ लाख ७३ हजार ८ सय ६२ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू