अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 06:50

चिया उत्पादनको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४९ मा प्रकाशित

नेपालमा चियारोपणको १९७ वर्षपछि नेपाली चियाको लोगो सार्वजनिक भएको छ । सार्वजनिक लोगो विश्वका दुई देशमा दर्तासमेत भएको छ । लोगो दर्तासँगै विश्वबजारमा नेपाली चियाको गुणस्तरीयता बढ्ने अपेक्षा गरिएको छ । नेपाली चियाको लोगो विश्वका दुई देशमा ‘ट्रेडमार्क’ भइसकेपछि इलामका चिया कृषक उत्साहित भएका छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कायकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाको लोगो ट्रेडमार्क भइसकेको र अब यसलाई विश्वबजारमा गुणस्तरीयरुपमा पुर्याउनुपर्ने बताउनुभयो । चिया उत्पादनको १९७ वर्षपछि चियाको लोगो सार्वजनिक गरिएपछि अमेरिका र भारतमा चियाको लोगो दर्ता भइसकेको छ । त्यसैले पनि चियाको गुणस्तरीयतामा ध्यान दिन उहाँले किसानहरुलाई आग्रह गर्नुभयो ।

विश्वबजारमा नेपालको चिया नेपाली लोगोमा जान थालेपछि आउने दिनमा चियाको माग बढ्ने भएकाले किसानहरुले चियाको गुणस्तरीय खेतीसमेत सुरु गरिसकेका छन् । विश्वबजारमा नेपालबाट चियाको भन्दा कफीको बढी माग आउने गरेको छ । नेपालमा वार्षिक छ मेट्रिकटनमात्र कफी उत्पादन हुने गरेको भएपनि १९ मेट्रिकटन कफीको माग रहेको छ ।

प्रतिक्रिया