अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक -अर्थमन्त्री

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४८ मा प्रकाशित

अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरुसँग आज अर्थ मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौं भन्ने कुरा सरकारले राम्रोसँग बुझेको बताउनुभएको हो ।

अर्थभन्त्री पौडेलले कोभिड–१९ को प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत् वा मौद्रिक नीतिमार्फत् सम्बोधन गरिएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यानकेन्द्रित भएको पनि बताउनुभयो ।उद्योगी–व्यवसायीहरुले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न आग्रह गर्नुभएको थियो ।

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उनीहरुको भनाइ थियो ।महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरुमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खस्केको बताउनुभयो । महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग–व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू