अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४८ | Colorodo: 14:03

सुनको मूल्य बढ्यो

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४७ मा प्रकाशित

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ । छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला १ हजार १ सय ८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० ले वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू