अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४३ मा प्रकाशित

शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ ।सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर बसेर बैठक स्थगन भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित छ ।

दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीका बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच विवाद छ । बुधबारको बैठकमा अध्यक्ष ओली अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू