अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

नेपालमा १ हजार ४ सय ९० कोरोना संक्रमित थपिए , १ हजार ५ सय ६७ जना संक्रमणमुक्त

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार ५ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै हालसम्म मुलुकमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टा ८ हजार ३ सयको पीसीआर परीक्षण भएको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय ४७ पुगेको छ । आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू