अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

‘प्रशासनको निर्देशनले राजतन्त्र पक्षको आन्दोलन रोकिँदैन’– राष्ट्रिय नागरिक आन्दोलन

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५६ मा प्रकाशित

राष्ट्रिय नागरिक आन्दोलनका अगुवाहरुले प्रशासनको निर्देशन र धरपकडबाट राजतन्त्रको पक्षमा हुँदै आएको आन्दोलन नरोकिने बताएका छन्। वरिष्ठ अधिवक्तासमेत रहेका आन्दोलनका अगुवा सुरेन्द्र भण्डारीले राजतन्त्र र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि तय भएको कार्यक्रम नरोकिने जदावी गर्नुभयो ।

राजतन्त्रको पक्षमा विभिन्न समूहले काठमाडौँमा शक्ति प्रर्दशन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीलाई देखाउँदै उक्त कार्य नगर्न मंगलबार निर्देशन जारी गरेको छ। भण्डारीले प्रशासनले फरक विचारलाई व्यक्ति हुन नदिने चेष्टा गरेकाले त्यसलाई अवज्ञा गर्ने जानकारी दिनुभयो ।

राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा सोमबार राष्ट्रशक्ति नेपालले जुलुस निकालेको थियो भने आउँदो शनिबार ‘राष्ट्रिय नागरिक आन्दोलन’का नाउँमा प्रर्दशन हुँदैछ । प्रशासनले जे भने पनि शनिबार काठमाडौँमा बृहत प्रर्दशन हुने भण्डारीले दाबी गनुृभएको छ । राजतन्त्र र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै प्रर्दशन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सभा, जुलुस, आन्दोलन, प्रर्दशन जस्ता गतिविधि गर्न रोक लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू