अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०८ | Colorodo: 13:23

“देशले हिन्दुराष्ट्र र राजसंस्था खोज्यो” – राप्रपा अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताउनुभएको छ । उहाँले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताउनुभयो । पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तरक्रियामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताउनुभयो । ’कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा पैदा भएको छ’, थापाले भन्नुभयो ’वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने गरि अघि बढ्न आवश्यक छ ।’

मुलुकमा ब्याप्त भ्रष्टाचार , बेरोजगारी र धर्म परिवर्तनले मुलुकलाई समस्याको दलदलमा फसाएको थापाको भनाई छ । ’अब हामीले सशक्त र हस्तक्षेपकारी भूमिका खेल्दै अघि बढ्न देशब्यापी सकृयतामा जोड दिनुपर्छ’, उहाँले भन्नुभयो । हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता दिनप्रतिदिन बढिरहेको थापाको भनाई थियो । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न समय सीमाभित्र कार्य सम्पादन गर्न उहाँले नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू