अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना छैनः अमेरिका

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५२ मा प्रकाशित

अमेरिकी विदेश मन्त्रालयले एसिया प्रशान्त क्षेत्रमा नेटोजस्तै क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने योजना नरहेको बताएको छ । पूर्वी एसिया र प्रशान्त मामिला सम्बन्धी कोरिया र जापानका लागि अमेरिकी उपसहायक विदेश मन्त्री मार्क न्यापरले यस्तो बताउनुभएको हो । अमेरिकी अग्रसरतामा रहेको अस्ट्रेलिया, भारत र जापान सम्मिलित क्वेडका सन्दर्भमा न्यापरले अहिल्यै सैन्य मुख्यालय निर्माण गर्ने अमेरिकी योजना नरहेको बताउनुभएको छ ।

अहिल्यै नेटोकै स्वरुपमा क्षेत्रीय सुरक्षा मुख्यालय स्थापना गर्ने अमेरिकी योजना नरहेको तर एकै किसिमका दृष्टिकोण भएका मुलुकहरुबीच साझेदारी गर्ने कुरालाई अमेरिकाले स्वागत गर्ने उहाँले बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू