अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

कतार प्रहरीमा पठाउने भन्दै स्वीकृति नलिई अन्तर्वार्ता लिने रोजगार व्यवसायी निलम्बित

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:५१ मा प्रकाशित

पूर्व स्वीकृति नलिई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिने ३ वटा वैदेशिक रोजगार कम्पनीलाई वैदेशिक रोजगार विभागले निलम्बित गरेको छ । विभागबाट मंसिर ८ र ९ गते आकस्मिक अनुगमन गरेको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा थप अनुसन्धान गर्नुपर्ने भएकाले ६ महिनासम्म निलम्बन गरिएको पत्र कम्पनीहरूलाई पठाइएको छ ।

निलम्बनमा पर्ने कम्पनीहरूमा एसओएस मेनपावर सर्भिसेस प्रालि धापासी काठमाडौं, डीडी ह्युमन रिसोर्स प्रालि गुहेश्वरी काठमाडौं र होम इन्टरनेसनल प्रालि रानीबारी काठमाडौं रहेका छन् ।वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को उपदफा ७ बमोजिम ६ महिनाको लागि सम्पूर्ण कामकारवाही निलम्बन गर्ने गरी निर्णय भएको विभागले जनाएको छ । निलम्बन गर्ने विभागको निर्णयमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले समेत समर्थन जनाएको छ ।

प्रतिक्रिया