अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३१ | Colorodo: 22:46

अमेरिकी सेनाको कारवाहीमा इराकमा ६ आइएसका लडाकूको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:४९ मा प्रकाशित

इराकमा अमेरिकी सेनाको कारवाहीमा ६ जना इस्लामिक स्टेट (आईएस) का लडाकू मारिएका छन् । इराकको आतंकवाद विरोधी सेवा (सीटीएस)को कमाण्डो फोर्सको कारवाहीमा उत्तरी इराकको निन्वेहमा कारवाहीका क्रममा विद्रोही मारिएको समाचारमा जनाइएको छ ।

अमेरिकी सेनाले विद्रोही लडाकूको पकड रहेको उत्तरी क्षेत्रमा आक्रमण गरेको बताइएको छ । आक्रमणका क्रममा विद्रोहीहरुका महत्वपूर्ण दस्तावेज र हतियारसमेत सेनाले बरामद गरेको छ । राजधानी बगदादको उत्तरमा रहेको हिमाली र ग्रामिण क्षेत्रहरुमा आफ्ना गतिविधि सञ्चालन गरीरहेका विद्रोहीमाथि कारवाहीका लागि विगतमा पनि सेनाले हवाइ तथा स्थलगत गस्ती गर्दै आएको थियो ।

सन् २०१७ मा इराकको आन्तरिक सुरक्षा बलले आतंकवादीवरुद्धको कारवाहीलाई तीव्र पारेसँगै सुरक्षा व्यवस्थामा सुधार आएको दावी गरिरएको थियो ।तर पुनः ग्रामिण क्षेत्रहरुमा विद्रोहीका गतिविधि सुरु भएको भन्दै अमेरिकी सेनाले हवाइ तथा स्थलगत गस्तीलाई पुन तीव्र पार्ने जनाएको छ ।

विद्रोहीले सर्वसाधारण, सुरक्षाकर्मी तथा सरकारी अधिकारीहरुलाई निशाना बनाउँदै आतंकवादी गतिविधि बढाएको भन्दै सरकारले विद्रोहीविरुद्धको कारवाही पुनः सञ्चालन गर्ने बताउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू