अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

वरिष्ठ गायक जगतमर्दन थापालाई कोरोना संक्रमण, भेन्टिलेटरमा उपचार हुँदै

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:४८ मा प्रकाशित

वरिष्ठ गायक जगतमर्दन थापाको थापाथलीमा रहेको नर्भिक अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिँदै छ । ८५ वर्षीय गायक थापा कोरोना संक्रमणपश्चात् २४ दिनदेखि अस्पतालमा उपचारत हुनुहुन्छ । एक साताअघि नै कोरोना मुक्त भएपछि सामान्य अवस्थामा फर्केका थापाको छातीमा अचानक समस्या देखिएपछि हालसम्म पनि भेन्टिलेटरमै राखेर उपचार भइरहेको उहाँका छोरा मोहितमर्दन थापाले बताउनुभयो ।

नेपाली गीत संगीतमा अनवरत रुपमा लागेका सर्जक थापाको स्वास्थ्यस्थितिबारे सरकार तथा सरोकारवालाले चासो देखाएर उहाँको योगदानको हिसाब बुझ्नुपर्ने लेखक प्रकाश सायमीले सामाजिक सञ्जालमार्फत धारणा राख्नुभएको छ । ८५ औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम तयारी गर्ने व्यस्तताको क्रममा नै थापा अस्वस्थ हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू