अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

इरानका वैज्ञानिक फाख्रीजादेहकोे अत्याधुनिक हतियार प्रयोग गरेर हत्या गरेको आरोप

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:४७ मा प्रकाशित

इरानले आफ्ना आणविक वैज्ञानिकको अत्याधुनिक हतियार प्रयोग गरेर हत्या भएको आरोप लगाएको छ । इजरायलले विद्युतीय उपकरणको प्रयोग गरेर आफ्ना वैज्ञानिक मोहसेन फाख्रीजादेहको हत्या गरेको इरानका वरिष्ठ सुरक्षा अधिकारीहरुको आरोप छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि शामखानीले लामो समयको योजनाअनुसार विद्युतीय उपकरणको माध्यमबाट हत्या गरिएको दावी गर्नुभएको छ ।

फाख्रीजादेहको अन्त्येष्टि समारोहमा सहभागी शामखानीले इजरायलले २० वर्षदेखि आफ्ना वैज्ञानिकलाई मार्न चाहेको आरोपसमेत लगाउनुभएको छ । गत शुक्रबार इरानको राजधानी तेहरान नजिकै विस्फोट र गोली हानाहानपछि शीर्ष परमाणु र सैन्य वैज्ञानिक फाखरीजाहेदको हत्या भएको थियो ।

घटनालगत्तै आत्मघाती बम विस्फोटबाट उनको हत्या भएको बताइएपनि त्यसमा सत्यता नभएको इरानको दावी छ । इरानले घटनास्थलमा फेला परेका हतियारहरु इजरायलमा निर्माण भएकोसमेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू