अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४१ | Colorodo: 15:56

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंद्धारा सभा, प्रदर्शन नगर्न आग्रह, कारबाहीको चेतावनी

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:३६ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका कुनैपनि सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको हो ।

पछिल्लो केही समययता विभिन्न माग राखी काठमाडौंमा राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि बढिरहेको भन्दै जिल्ला प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको हो ।विज्ञप्तिमा सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८ र संक्रामक रोग ऐन २०२० विपरीत हुने उल्लेख छ ।

प्रशासन कार्यालयले प्रशासनको अनुरोधविपरीत सभा, जुलुस र प्रदर्शन गरी भिडभाड गरे स्थानीय प्रशासन ऐन र संक्रामक रोग ऐनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । पछिल्लो समय विभिन्न समूहबाट विभिन्न माग राखी विरोध प्रदर्शन गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू