अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 09:48

नेपालमा कोरोनाका कारण थप २१ जनाको मृत्यु, देशभर १६ हजार ६ सय ३३ सक्रिय संक्रमित

बिआरटीनेपाल २०७७ मंसिर १६ गते ६:१७ मा प्रकाशित

नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घन्टामा देशभर एक हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट कोरोनामुक्त हुनेको संख्या २ हजार ७३ रहेको छ । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या दुई लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ रहेको मन्त्रालयले छ ।

अहिले देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ । मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू