अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 14:20

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीको पदस्थापन कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ८:१२ मा प्रकाशित

रुपन्देही जिल्ला भित्र बसोबास गर्ने सामाजिक ब्याक्तिहरुको भेलाले राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देही शाखा स्थापना गरी २०७७ मङ्सिर १३ गते शनिवार भेला बाट निर्वाचित १३ सदस्यीय सञ्चालक समिति र सल्लाकारहरूको पदस्थापन एवम् मानव अधिकारका विषयमा प्रशिक्षण साथै प्रतिष्ठानका २५ जना सदस्यहरूलाई परिचय पत्र वितरण कार्यक्रम जिल्ला अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडे (राजु बन्जाडे) को अध्यक्षतामा सम्पन्न भयो। 

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका अधिकृत इन्द्रजित सहनिको प्रमुख आतिथ्यता, सोही कार्यालयका प्रशासकीय अधिकृत नारायण बस्नेतको विशिष्ट अतिथ्यता र जिल्ला सचिव कमल नेपालको सञ्चालन साथै उपाध्यक्ष उमाकान्ति खत्रीको स्वागत बाट सुरु भएको कार्यक्रममा मेख बहादुर आधिकारि, हेम थापा, नारायण बस्नेत, प्रकाश पौडेलले मानव अधिकारका विषयमा आफ्ना भनाइहरू राख्नु भयको थियो। राष्ट्रिय मानव आधिकार आयोगका लुम्बिनी प्रदेश कार्यालय अधिकृत इन्द्रजित सहनीको मानव आधिकारका विषयमा भएको प्रशिक्षण पस्चात अध्यक्ष जितेन्द्र प्रसाद बन्जाडेले आफ्ना प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू