अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१६ | Colorodo: 12:31

म्याराडोनाका डाक्टर र उनको क्लिनिकमा प्रहरीले छापा मार्यो

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ७:०१ मा प्रकाशित

अर्जेन्टिनीका फुटबल खेलाडी डिएगो म्याराडोनाको मृत्यु भएको चार दिनपछि प्रहरीले उनको डाक्टर लियोपोल्डो लुकको क्लिनिक र घरमा छापा मारेको छ। विश्वका महान् खेलाडी म्याराडोनाको उपचार क्रममा मृत्यु भएको थियो। मृत्युमा लापरवाही भएको छ कि भनी प्रहरीले छापा मारी अनुसन्धान गरिरहेको छ।

६० वर्षको उमेरमा म्याराडोनाको यही २५ नोभेम्बरमा राजधानी ब्युनस आयर्सस्थित घरमै उनो हृदयघातका कारण निधन भएको थियो। म्याराडोनाका छोरीहरूले उनका बुवालाई दिइने औषधि अनुसन्धान गरिनुपर्ने माग गरेका छन्।

नोभेम्बरको सुरुमा म्याराडोनाको दिमागबाट रगतका थोपाहरू हटाउन शल्यक्रिया गरिएको थियो। यसबाहेक उनी रक्सीको लतबाट मुक्त हुन उपचाररत थिए। डा लुकीका अनुसार आफूहरुले अनुसन्धानमा प्रहरीलाई मद्दत गरिरहेका छन्। आफूले म्याराडोनालाई बचाउन अन्तिमसम्म प्रयासरत रहेको उनको भनाई छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ३० भन्दा बढी प्रहरीले लुकीको घरमा छापा मारेका थिए। अरु ३० जनाले उनको क्लिनिकमा बिहीबार बिहान छापा मारेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू